add

पर्या गीतको म्युजिक भिडियो सार्वजनिक






ActPro Nepal

|

१७ चैत, २०७९

|
800

काठमाडौँ ।  विजय हितानले ‘अर्थ आवर’लाई पारेर पर्या गीत ‘बढाऔँ संरक्षणका हातहरु’को म्युजिक भिडियो शार्वजनिक गरेका छन् । 

अर्थ आवर अन्तर्राष्ट्रिय स्तरको एक वातावरण संरक्षण अभियान हो । प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिबार बेलुका १ घण्टा बिजुलीबत्ती निभाएर यो दिवस मनाइन्छ । यो अभियानमा उनी सन् २००९ देखि निरन्तररुपमा सक्रिय र आवद्ध छन् । उनले नेपाली साहित्यको माध्यमबाट वातावरण संरक्षणका निम्ति जनचेतना फैलाउँदै आएका छन् ।

आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै हितानले बताएका छन्, ‘पछिल्लो समय मैले के महसुस गरेँ भने आम नेपालीसम्म पर्यावरणीय जनचेतना फैलाउन गीतसङ्गीतले पनि उत्तिकै प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने लागेर मेरो आफ्नै शब्दरचनामा यो म्युजिक भिडियो निर्माण गरेको हुँ ।’ 

यस पर्या गीतमा उदित नारायण झाको जस्तै स्वर भएका गायक भनेर जानिने नवराज थापाको स्वर छ भने यस गीतमा राजकुमार बगरको सङ्गीत रहेको छ । यस गीतको म्युजिक भिडियोमा विश्वजीत थापाको निर्देशन रहेको छ । म्युजिक भिडियोमा हितान स्वयम्ले मुख्य पात्रको भूमिका निभाएका छन् भने गणेश पुन, तोरन पुन र आभा पुन खलपात्रको रुपमा प्रस्तुत भएका छन् । हितानको यो दोस्रो पर्या गीतको म्युजिक भिडियो हो । गत वर्ष उनको ‘शिशिर खेल्छ लुकामारी’ म्युजिक भिडियो बजारमा आइसकेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.