काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दाका लागि फागुन ८ गतेदेखि विक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।
कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्काशन गरेको छ । सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी–३, का बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता र प्रभावित क्षेत्र नौमुले द्वारी ३ बाहेकका स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता छुट्याइएको छ ।
लगानस्कर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।