add

बीपीडब्ल्यू लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस्






ActPro Nepal

|

३ चैत, २०७९

|
380

काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँड भएको छ । लघुवित्तको आइपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँड गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

लघुवित्तको आइपीओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । सदर आवेदकमध्ये १४ लाख ५० हजार १८३ को हात खाली भएको छ।

लघुवित्तले फागुन १८ गते फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ३ करोड रुपैयाँको ३२।३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.