add

नेप्सेमा २४ दशमलव ६८ अङ्कको गिरावट






ActPro Nepal

|

२९ फागुन, २०७९

|
330

काठमाडौं । सेयर बजार लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार झन्डै २७ अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोडले घटेर १ अर्ब १६ करोडमा सीमित भएको छ ।

सोमबार नेप्से २४.६८ अंकले घटेर १९५१.२१ बिन्दुमा आइपुगेको छ । यसदिन २५६ कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ बढीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.६६ प्रतिशतले घटेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको साढे ५ करोड र अरुण भ्याली हाइड्रोपावर ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज खप्तड लघुवित्तका सेयरधनीले सर्वाधिक ७.७२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, आदर्श लघुवित्त, हिमालयन बैंक र नाडेप लघुवित्तका सेयरधनीले ५ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.