add

एनआइसी एशिया बैंकद्वारा १० लाख बीमा रकम हस्तान्तरण






ActPro Nepal

|

२३ फागुन, २०७९

|
402

काठमाडौं । एनआइसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएको भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देहीको शुद्धोधन गाउँपालिकाका मृतक खरालकी श्रीमती लक्ष्मी बस्याललाई बीमा बापतको १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

बैंकले हालसम्म २०७९ जना ग्राहकलाई बीमा दाबी गरे वापतको रु. ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले रु. २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले रु. १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले रु. ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत रु. ४० लाखको दुर्घटना बीमा, रु. ४० लाखको घातक रोग बीमा र रु. ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्छन् ।

औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले रु. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु. ८० हजारसम्म प्राप्त गर्न सक्नेछन् ।

एनआइसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.