काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले सर्वसाधरणका लागि फागुन १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८० लाख ९५ हजार रुपैयाँ बराबरको ८० हजार ९५० कित्ता सेयर विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदको आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बीबी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता जोखिमपूर्ण रहेको संकेत गर्दछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।