काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) २६.४८ अंकले घटेर १९६९.१ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५६ कम्पनीको १ अर्ब २३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँ बराबरको ३६ लाख ५७ हजार १५४ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।