add

दोहोरो अंकले बढ्यो नेप्से, हाइड्रोपावर कम्पनीहरुमा झुम्मिए लगानीकर्ता






ActPro Nepal

|

१० फागुन, २०७९

|
297

काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि लगातार ओरोलो लागेको शेयर बजार दोहोरो अंकको बढेको छ ।

साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६९ कम्पनीको १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ बढीको ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तु्लनामा कारोबार रकम घटेको छ । सोमबार कम्पनीको १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये माइक्रोफाइनान्स, व्यापार र म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.८५ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा आज लिबर्टी इनर्जीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर ९.५६, दोर्दीखोला विद्युत् ९, पिपुल्स पावर ८.४०, रिभर फल्स पावर ७.८०, बरुण ७.७५, एनएमबी बैंक, दिव्यश्वरी हाइड्रोपावर, ङादी ग्रुप ७ प्रतिशत र हिमालयन पावरको शेयर मूल्य साढे ६ प्रतिशतले बढेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको १३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तको पौने ५ करोड र ग्लोबल आइएमई बैंकको साढे ४ करोड बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.