add

रोकिएन् शेयर बजारको ओरालो यात्रा, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

८ फागुन, २०७९

|
277

काठमाडौं । शेयर बजारमा एकसाता देखि लगातार दोहोरो अंकको घटेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीकर्ताले शेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि सुनुवाई नगरेपछि नेप्से लगातार घटेको हो ।

साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २३.६०अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५८ कम्पनीको १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बढीको ६० लाख ९१ हजार ३५३ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तु्लनामा कारोबार रकम बढेको छ । विहीबार १ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये व्यापार र म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.३२ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज जीवन विकास लघुवित्तकाशेयरधनीले सर्वाधिक ९.१५ प्रतिशत गुमाएका छन् । त्यसैगरी, उपकार लघुवित्त ७.२१, हिमालयन डिस्ट्रीलरी ५.२१, वीन नेपाल लघुवित्त ५, समिट लघुवित्त र बाराही हाइड्रोपारको शेयर मूल्य साढे ४ प्रतिशत घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, साल्ट ट्रेडिङ ११ करोड र जीवन विकास लघुवित्त ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.