add

पूर्वराजा ज्ञानेन्द्रमाथि ओलीको टिप्पणी-‘वरिपरि २–४ जना मान्छे देखेर जोस्सिएका पूर्वराजा आफैं अलमलमा छन्’






ActPro Nepal

|

७ फागुन, २०७९

|
513

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह २-४ जना मान्छे वरिपरि देखेपछि जोस्सिएको टिप्पणी गरेका छन्।

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले दिएको वक्तव्यको कटाक्ष गरेका हुन् ।

‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ। दुई चार जना मान्छे वरिपरि देख्यो भने त्यो झल्काले उहाँलाई अलिअलि जोस्याउँछ क्या। त्यतिमात्रै हो। अरु केही होइन,’ आइतबार उनले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग भने।

एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका थिए।

सो बारेमा आलोचना बढेको भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘पानीले आफ्नो लेभल आफैं मिलाउने’ भन्दै घुमाउरो जवाफ दिए।

उनले पूर्वराजा ज्ञानेन्द्र आफैं राजनीतिमा हिँडिरहेको भन्दै धेरै कुरा गर्न आवश्यक नभएको पनि टिप्पणी गरे। प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालका राजनीतिक दलहरू र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेका थिए।

यो पनि पढ्नुहोस  : 

राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्न ढिला नगरौं : पूर्वराजा शाह

पूर्वराजाप्रति थापाको टिप्पणी-‘नेता असफल भए अर्को छान्ने अधिकार जनतामा छ, राजसंस्था पुनःस्थापना होइन’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.