add

नयाँ बसपार्कको मोबाइल पसल लुट्ने थप ७ जना पक्राउ






ActPro Nepal

|

५ फागुन, २०७९

|
482

काठमाडौं । नयाँ बसपार्कस्थित ल्होत्से मलको पसलमा तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डंगोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी  छन् ।

जिल्ला प्रहरी परिसर, टेकुका अनुसार पक्राउ परेकाहरूबाट मोबाइल, एयरफोन, यूएसबी केबललगायतका सामाग्री बरामद गरिएको छ । सिसिटिभीको विश्लेषण गरेर उनीहरूलाई पक्राउ गरिएको हो।

चोरी तथा डाँका कसुरमा मुद्दा चलाइएको उनीहरूलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिई सकिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.