add

साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल






ActPro Nepal

|

३ फागुन, २०७९

|
454

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताएका छन्। 

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘१६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्रांगारिक कृषि मेला–२०७९’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले साना तथा घरेलु उद्योगका लागि सहज रूपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको बताएका हुन्। 

‘सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवर्द्धन र संरक्षण गर्न आवश्यक छ । त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ,’ प्रधानमन्त्रीले भने। 

केही दशकअघि नेपालले कृषिउपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताए। 

‘हामी पाँच दशकअघि खाद्यान्न निर्यात गर्थ्याैँ। नेपालमा कृषिमा आधारित उद्योग बढी फस्टाउन सक्ने देखिएको छ। मौलिक उत्पादनलाई बजारीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ,’ उनले भने। 

लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि प्रधानमन्त्रीले बताए। 

त्यस्तै, यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने बताए। अहिले मुलुक वित्तीय संकटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्रीको भनाइ छ। 

सोही कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालको परम्परागत सीपलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताइन्। 

“निर्यात प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेको आवश्यकता हो। हाम्रो पुरानो सीपलाई व्यवसायीकरण गरेर आत्मनिर्भर बन्ने मात्र होइन हामी निर्यात प्रवर्द्धनमा पनि लाग्नुपर्छ। नेपालमा उत्पादित वस्तुले बजार पाउन थालेको छ। तपाईंहरू उत्पादन बढाउनतिर लाग्नुहोला, मन्त्री चौधरीले भनिन्। 

 बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङले मौलिक र स्वदेशी उत्पादनको बजारीकरणका लागि प्रदेश सरकारले भूमिका खेल्ने बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.