add

गोंगबुमा मोबाइल चोरेको आरोपमा ४ जना पक्राउ






ActPro Nepal

|

२ फागुन, २०७९

|
594

काठमाडौं । गोंगबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको र बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान राखेको विरोधमा भएको आन्दोलनले उग्र रुप लिँदा तोडफोड र आगजनी भएको थियो । प्रहरी वृत्त, बालाजुको दुई वटा गाडी पनि तोडफोड भएको थियो । 

मोबाइल पसलमा भएको चोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ । उनको निर्देशन अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ ।

भिडियो फुटेजहरुको आधारमा चोरीमा संलग्नहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।-न्युज कारखाना


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.