add

बालाजुमा आन्दोलनरत यातायात मजदुरले जलाए अस्थायी प्रहरी विट






ActPro Nepal

|

२ फागुन, २०७९

|
513

काठमाडौं । ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरले बालाजु चोकमा रहेको अस्थायी प्रहरी विटमा आगजनि गरेका छन । 

सोमबार उनीहरूले बालाजु चोकमा रहेको अस्थायी प्रहरी विटमा आगजनि गरेका हुन । अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको दुइवटा गाडी समेत जलाएका छन । 

ट्राफिक नियम मिच्दा हुने जरिवाना बढी भएको भन्दै  नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतको नेतृत्वमा सोमबार दिउँसोदेखि नयाँ बसपार्क, माछापोखरी, बालाजुलगायतका स्थानमा सार्वजनिक बस बाटोमा तेस्र्याएर आन्दोलन गरिएको थियो।

अन्दोलनकारीहरुले सवारी जरिवानावापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका हुन । 

यो पनि पढ्नुहोस :


ट्राफिक जरिवाना बढी भएको भन्दै प्रदर्शन


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.