add

जुनीसहित ३ खेलाडी उसुको एथलिट अफ दि इयरमा मनोनीत, यस्तो छ भोट गर्ने तरीका






ActPro Nepal

|

२५ माघ, २०७९

|
480

काठमाडौं ।  अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा हुने आइडब्लूयूएफ एथलिट अफ द इयर २०२२ अवार्डको लागि तिन जना नेपाली खेलाडीहरु मनोनयनमा परेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता इलामकी जुनी राईसहित ३ खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको आइडब्लूयूएफ एथलिट अफ द इयर २०२२ को विभिन्न विधाको मनोनयमा परेका हुन । 

जुनीसहित दीपक हमाल र एलिस मरिक मनोनयनमा परेका छन । सन् २०१९ मा काठमाडौंमा भएको १३ औं सागकी स्वर्ण पदक विजेता जुनी उसुको सान्डातर्फ एथलिट अफ दि एयरको मनोनयमा परेकी हुन्।

जुनीसहित भारत, चीन, फ्रान्स र हङकङका खेलाडी सो विधामा मनोनयमा परेका छन्। १३ औं सागमा स्वर्ण जितेका दीपक उसुको थाउलो एथलिट अफ दि इयरको मनोनयमा परेका हुन्। न्यूजिल्यान्ड, इजिप्ट, चिनलगायतका १० खेलाडी सो विधाको मनोनयमा परेका छन्।

एलिसले गत डिसेम्बरमा इन्डोनेसियामा जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। उनी उसुको थाउलोतर्फ राइजिङ स्टार अफ दि इयरको मनोयनमा परेको आइडब्लूयूएफको वेभसाइडमा उल्लेख गरिएको छ।

एलिससँगै सो विधामा न्यूजिल्यान्ड, चीन, इटाली, फ्रान्स र दक्षिण कोरियाका खेलाडी मनोनयमा परेका छन्। जुनी नेपाल पुलिस क्लब, दिपकले कर्णाली र एलिस प्रदेश १ बाट राष्ट्रिय प्रतियोगिता खेल्छन्। आईडब्लूयूएफको वेबसाइटमा गएर फेब्रुअरी १८ सम्म उनीहरुलाई भोट गर्न सकिन्छ।

भोट गर्ने यहाँ क्लिक गर्नुहोस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.