add

निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली






ActPro Nepal

|

२० माघ, २०७९

|
317

विराटनगर ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन्। 

विराटनगरमा बिहीबार  सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पारे।

अध्यक्ष ओलीले नेकपा एमालेको राष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान सत्ता समीकरणको उम्मेदवार भएको स्पष्ट पारे। सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री पाउनुपर्ने तर त्यो पार्टीले कसलाई बनाउने उसको जिम्मेवारी रहेको भन्दै उनले यस विषयमा कुनै छलफल नभएको र सरकारबीच असमझदारी समेत नरहेको स्पष्ट पारे। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.