add

गार्डियन माइक्रो लाइफको आइपीओ ९० प्रतिशतले नपाउने, कतिले भरे ?






ActPro Nepal

|

२४ पुष, २०८१

|
34

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा १३.६५ गुणा धेरै आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन बुधबार ५ बजेसम्म कुल १९ लाख ६ हजार ७४८ जनाले आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक आउन बाँकी रहकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएसले जनाएको छ ।

उनीहरूले कुल २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीको आइपीओमा आवेदन दिने ९०.३३ प्रतिशतले आइपीओ नपाउने भएका छन् । कम्पनीले जम्मा १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको छ ।

धितोपत्र बाँडफाँट नियमावली अनुसार आवेदकलाई कम्तीमा १० कित्ताका दरले सेयर दिनुपर्ने व्यवस्था छ । सो अनुसार १ लाख ८४ हजार ५०० जना अथार्त ९.६७ प्रतिशत आवेदकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्छ । बाँकी १७ लाख २२ हजार बढीको हात रित्तो हुने देखिएको छ ।

कम्पनीले सर्वसाधरणका लागि पुस २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

गार्डियन हाल संचालनमा रहेका ७ लघु बीमा कम्पनीमध्ये आइपीओ जारी गर्ने पहिलो कम्पनी हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.