add

सांसद अरुणकुमार चौधरी पक्राउ






ActPro Nepal

|

१९ माघ, २०७९

|
421

काठमाडौं । ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएपछि पनि फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ परेका छन् ।

आगजानी मुद्दामा अदालतबाट दोषी ठहर भएका उनी बाँकेको वैजनाथ गाउँपालिका–२, गावरबाट आज पक्राउ परेका हुन् ।

२०७० सालमा ट्याक्टरमा आगो लगाएको घटनामा जिल्ला अदालत कैलालीले उनीमाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनको निम्ति सांसद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सांसद चौधरी उन्मुक्ति पार्टीका नेता हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना सांसद अरुणकुमार चौधरी समातिएको घटनामा धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै उनले कैलाली क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई नियन्त्रणमा लिएको विषयमा विरोध जनाएकी हुन् ।

‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिँदैन रहेछ’ उनले फेसबुकमा संक्षिप्त प्रतिक्रिया लेखेकी छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.