add

ओलीको प्रश्न-‘गृहमन्त्री रास्वपाकै भाग हुँदाहुँदै पूर्ण पाठ किन चाहियो, कण्ठ गर्न’?






ActPro Nepal

|

१९ माघ, २०७९

|
292

काठमाडौं । सत्ता घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति हुँदाहुँदै दिन हुँदैन भन्ने एकतर्फी निर्णयले अप्ठ्यारो अवस्था आउन सक्ने बताएका छन् ।

विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए।

कोशी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुगेका ओलीले सहमति अनुसार गृह रास्वपाको भागमा हो, पूर्ण पाठ किन चाहियो,कण्ठ गर्न भन्दै प्रश्न गरेका हुन् ? ओलीले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताए।

रास्वपालाई उपप्रधानसहित गृह र अन्य मन्त्रलय दिएको हो,’ उनले भने,’ उसले कसलाई मन्त्री बनाउँछ त्यो उसको कुरा हो । उसलाई गृहमन्त्रालय नदिने कसैको एकतर्फी छुट्टै निर्णयले अफ्ठेरो पैदा गर्छ । तर, त्यस्तो भएको छैन ।’

शर्मा ओलीले राजनीतिक चलखेल सुरु भए पनि सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताए । अध्यक्ष ओलीले सरकार संकटमा परे असाधारण अस्थिरता सुरु हुने बताए । ‘सरकार अस्थिर भयो भने यो प्रणालीमै अस्थिरता आउन सक्छ । अस्थिरता त प्रणालीमै छ,’ उनले भने, ‘सरकार संकटमा पर्छजस्तो लाग्दैन ।’

ओलीले नेपाली कांग्रेसले राजनीतिक संस्कार र इज्जत नराखेको आरोप लगाए । कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने विषय अस्वाभाविक उनको भनाइ छ । राष्ट्रपतिमा एमालेका उमेदवार नै सत्तापक्षको साझा उमेदवार हुने उनले जिकिर गरे ।

‘कांग्रेसले राजनीतिक संस्कार र स्तर मात्र नराखेको हो । नत्र राष्ट्रपतिमा उम्मेदवारी दिने कुरा अस्वाभाविक होइन,’ उनले भने, ‘उसले राष्ट्रपति कांग्रेसको हुनुपर्छ ।

हाम्रै उम्मेदवारमा राष्ट्रिय सहमित हुनुपर्छ भन्नु अनौठो होइन । राष्टपतिमा एमाले उम्मेदवार सत्ता पक्षको हुन्छ । नयाँ समीकरणको हुन्छ ।’a


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.