add

सेयर बजारले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी






ActPro Nepal

|

१८ माघ, २०७९

|
301

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६१ कम्पनीको १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । मंगलवार २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ७ वटा बढेको छ भने अन्य ६ वटा घटेको छ ।

बढ्दो बजारमा १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स ८.२८, इस्टर्न हाइड्रोपावर ६.१७, राप्ती हाइड्रोपावर ६.०२, सयपत्री हाइड्रोपावर ५.३९, सानीमा जीआइसी इन्स्योरेन्स र स्ट्याण्डर्ड चार्टर्डको शेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

आज कारोबारको आधारमा सबैभन्दा नेपाल बैंकको ५ करोड ९३लाख ,रिडी पावरको ४ करोड ९२ लाख र एनआइसी एसिया बैंकको ४ करोड ७६ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.