काठमाडौं । शुभम पावर लिमिटेडले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।
कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड ८१ लाख ८२ हजार २०० रुपैयाँ बराबरको ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सेयर विक्रीमा ल्याएको हो ।
कम्पनीको आइपीओमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा वासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरिसकेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका–९ स्थित ९९० किलोवाटको पिलुवा खोला साना जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन सुरु गरिसकेको छ।
सो आयोजनाको कुल लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ रहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।