काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकबाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पुर्णपाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाईरहेको बेला सो बैठक बस्न लागेको हो ।
माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी विभागलाई पुर्णता दिने बारेमा बुधबारदेखी छलफल हुने बुझिएको छ ।
सोही अनुसार स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई विभिन्न विभागको जिम्मेवारी दिईदैछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।