काठमाडौं । चौतर्फी दबाबपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यवस्था गरिएको छुट्टै लाइन हटाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयको निर्देशनपछि विमानस्थलमा राखिने गरेको छुट्टै लाइन हटाइएको हो ।
अध्यागमन जाँचमा श्रमिकका लागि छुट्टै डेस्क रहँदै आएको थियो । अध्यागमनका कर्मचारीहरूले अनेक प्रश्न सोधेर अनावश्यक दुःख दिने गरेका थिए । सोही गुनासोका आधारमा श्रम मन्त्रालयले गृह मन्त्रालयलाई सहजताका लागि पत्र लेखेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।