add

माया खोला हाइड्रोपावरको आईपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

१३ माघ, २०७९

|
408


काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधारण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ९२ लाख रुपैयाँ बराबरको १९ लाख ९२ हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले निष्कासन गर्ने सेयरमा लगानीकर्ताले माघ १७ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा माघ २७ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक, तिनका शाखा कार्यालय र ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि कुल १० लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषलाई १ लाख २० हजार कित्ता र कर्मचारीका लागि ४८ हजार कित्ता सेयर निष्काशन गरिसकेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई ईक्रा नेपालले ‘इक्राएन्पी आईआर बीबी माइनस ’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन क्षमता औसतमा जोखिम रहेको जनाउँदछ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेकोे छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.