add

शुभम पावर कम्पनीले आईपीओ निष्कासन गर्ने






ActPro Nepal

|

११ माघ, २०७९

|
389

काठमाडौं । शुभम पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि निष्कासन गर्ने भएको छ । जसमा ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र ११ हाजर ६१० कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याएको छ । सर्वसाधारणले भने ४ लाख ८१ हजार ८८२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

माघ १८ गतेदेखि निष्कासन हुने आईपीओमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा आवेदनकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.