काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)१३.७१ अंकले घटेर २१६५.१० विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँ बराबरको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । विहीवार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये दुई समूह बाहेक अरु सबै उपसमूहको परिसूचकमा राताम्मे भएको छ ।
दोहोरो अंकले घटेको बजारमा ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
आज कुमारी सर्वाधिक कारोबार भएको छ । यसको २७ बढीको शेयर किनबेच भएको छ । एनआइसी एशिया बैंकको १२ करोड ७५ लाख , त्यस्तै, रिडी पावरको ११करोड ३३ लाख बढीको कारोबार भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।