add

युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा






ActPro Nepal

|

९ माघ, २०७९

|
656

अर्घाखाँची । आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर पनि खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ।

एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। उक्त प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ।

टिममा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका उत्तम थापा मगर सहित देव खनाल, गुलशन झा, दुर्गेश गुप्ता, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्। 

वैकल्पिक खेलाडीहरूमाा प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव र निर्मल थापा छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.