काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
शुक्रबार एन्फा कम्प्लेक्समा ‘ए’ डिभिजन लिगअन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार मछिन्द्रले फागुन २१ गते जावलाखेलविरुद्ध खेल्दै यात्राको सुरुआत गर्नेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।
यसपालि लिग डबल राउन्ड रोबिनमा हुनेछ । लिगका खेलहरु त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।