काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २४६ कम्पनीको ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । बुधवार ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये तीन समूह बाहेक अरु सबै उपसमूहको परिसूचकमा राताम्मे भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ समूह बाहेक अरु सबै उपसमूहको परिसूचकमा राताम्मे भएको छ ।
झिनो अंकले बढेको बजारमा एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १८ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावरको १२ करोड ३२ लाखको कारोबार भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।