काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाले अन्ततः सभामुख पाएको छ ।
पटकपटकको मतदानबाट सभामुख निर्वाचित गर्न नसकेको प्रदेशसभाले तेस्रो पटक मंगलबार बिहान भएको मतदानबाट सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार भीम भण्डारीलाई सभामुख चयन गरेको हो ।
मंगलबार बिहानको मतदानबाट भण्डारीले २९ मत पाएका छन् । उनको विपक्षमा २३ मत परेको छ । उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन्
सुदूरपश्चिममा २८ पुसमा सभामुख चयनका लागि पहिलो पटक मतदान भएको मतदानमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए ।
दुवै उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा ३० पुसमा पुनस् मतदान भएको थियो । त्यसमा नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवैले २२र२२ मत पाएका थिए । बहुमत नपाएपछि ज्येष्ठ सदस्य शिवराज भण्डारीले २ माघका लागि बैठक बोलाएका थिए तर सोमबार राष्ट्रिय शोकका कारण बैठक स्थगित गर्दै आज मंगलबारका लागि तोकिएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।