add

राप्रपालाई उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय






ActPro Nepal

|

३ माघ, २०७९

|
518

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने निर्णय गरेको छ। राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाउने भएको हो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्रीका रूपमा सरकारमा जाने तय भएको छ। उपाध्यक्ष ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको छ।

सहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहको नाम तय भएको छ। बाँकी एक मन्त्रीमा भने धवलशमशेर जबरा र विक्रम पाण्डेमध्ये एक हुने बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानसहित तीन मन्त्रालय पाउने भएको छ। स्वतन्त्र पार्टीबाट अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् भने यसबाहेक उसले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। रास्वपाले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.