add

प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सको मर्जर सम्झौता, मर्जर पश्चात् हिमालयन लाइफ इन्स्योरेन्स नाम रहने






ActPro Nepal

|

२ माघ, २०७९

|
509

काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् ।

तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पन्न भई तिन कम्पनीहरु बराबर हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

१ माघ २०७९ मा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको जनाइएको छ । तीन वटा कम्पनी समान सेयर आदानप्रदान अनुपात स्वाप रेसियोमा मर्जरमा जाने गरी अन्तिम सम्झौता भएको छ।

मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ रहनेछ ।

 कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो सुरु गर्ने समेत सहमति भएको तीनवटै कम्पनीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.