काठमाडौं । भुटानी शरणार्थीहरुको क्लब भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका (बीवाईएसी) आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो ।
भुटानी युथको लागि खेलको ४६ औं मिनेटमा रोजिन प्रजापतिले गरेको गोल नै निर्णायक बन्यो । उपाधिका लागि अब संकटासँग सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ पाउने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।