add

बीस पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना






ActPro Nepal

|

२० पुष, २०७९

|
517

काठमाडौं । गण्डकी प्रदेश सरकारले यहाँका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९/८० मा योजना छनोट गरेको छ ।

प्रदेश सरकार अन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि रु एक करोड ७६ लाख बजेट विनियोजन गरेको हो ।

कार्यालय प्रमुख पोषानाथ शर्माले पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, भवनलगायत पूर्वाधार निर्माणका लागि छनोट भएका योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको जानकारी दिए । “स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरेर उपभोक्ता समिति गठन, प्राविधिक लागत अनुमान तयार पार्ने काम भइरहेको छ”, उनले भने, “पाँच योजनाको उपभोक्ता समितिले सम्झौता गरेर निर्माणको काम थालेका छन् ।”

रु पाँच/पाँच लाख बजेट विनियोजन गरिएको बेनीको ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, गलेश्वर मन्दिर-काउलेगौडा पदमार्ग, कन्थराजको थान र फूलपातीदेखि ज्यामरुककोट मन्दिर, मालिका गाउँपालिकाको कुकुरखोरिया-दुरलेकको मेला जाने पदमार्ग र रु सात लाख विनियोजन भएको रघुगङ्गा-३ गायत्री मन्दिरमा उद्यान निर्माण योजनाको काम सुरु भएको छ । अन्नपूणर् गाउँपालिकाको नारच्याङ झरना रेलिङ, तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार, सुकेधारा-सुवा पदमार्ग र अन्धगल्छी-रुप्से छहरा-भूमे मन्दिर पदमार्ग निर्माणका लागि रु १०/१० लाख विनियोजन गरिएको छ । रघुगङ्गा गाउँपालिका-४ को भूमेथान चौतारी निर्माणमा रु दुई लाख, बेनीको मसिना ढुङ्गा थाकनपोखरी भेटेरिनरी कार्यालय पदमार्गका लागि रु १५ लाख, गैराबारी-ढुङ्गेटा खेतदेउने पदमार्गका लागि रु पाँच लाख र गुफा राममन्दिर परिसरमा उद्यान निर्माणमा रु १५ लाख विनियोजन गरिएको छ ।

यसैगरी मालिका गाउँपालिकाको प्रभुचेला आश्रम भौतिक पूर्वाधार निर्माणका लागि रु १५ लाख, इग्रे-लामखोरिया पदमार्गका लागि रु १० लाख, पन्थोकदेखि मालिका धुरी जाने पदमार्गका लागि रु पाँच लाख, धवलागिरिको लुलाङ्ग-सागबारी पदमार्गका लागि रु १० लाख र बेँसी पन्थोक टाङवाङ रिख पदमार्गका लागि रु १० लाख बजेट आएको छ । मङ्गला गाउँपालिकाको साउनेपानी हँुदै डाँडा र सिरकुम-तीनचुले पदमार्गका लागि रु १०/१० लाख बजेट प्राप्त भएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.