add

पर्यटन आगमन ५१ प्रतिशतले ‘रिकभर’






ActPro Nepal

|

१८ पुष, २०७९

|
349

काठमाडौं । कोरोना महामारी शुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार एक वर्षमा छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका छन् । जुन सन् २०२१ को तुलनामा तीन सय नौ दशमलव ७५ प्रतिशतले बढी हो भने सन् २०२० को तुलनामा एक सय ६६ दशमलव ९२ प्रतिशतले बढी हो ।

सन् २०२० को सुरुवातमै विश्वव्यापी कोरोना महामारीको सङ्क्रमणका कारण दुई वर्ष उल्लेख्य रुपमा घटेको पर्यटनको सङ्ख्या सन् २०२२ मा भने बढेको हो । सरकारले सन् २०१९ को तुलनामा ७५ प्रतिशतले पर्यटकको सङ्ख्या ‘रिकभर’ गर्ने लक्ष्य लिए पनि ५१ दशमलव २९ प्रतिशत ‘रिकभर’ भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने र सन् २०३३ सम्ममा वार्षिक ३५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको बताए ।

“भारत र चीन दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भएको नेपालमा हाम्रो लक्ष्य ठूलो होइन”, उनले भने, “पर्यटक बढाउनका लागि आवश्यक पूर्वाधारको निर्माण तथा प्रचारप्रसारमा विशेष ध्यान दिन जरुरी छ ।” सरकारले सन् २०२३र३३ को अवधिलाई नेपाल भ्रमण दशकका रुपमा मनाउने गरी कार्यक्रम अघि बढाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.