add

प्रभु क्यापिटलको बीमाको सुरक्षासहितको नयाँ डिम्याट ‘९९९ आजीवन डिम्याट खाता’






ActPro Nepal

|

१७ पुष, २०७९

|
292

काठमाडौं । प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा अरु विशेषता थपेर ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔँ’ भन्ने स्लोगनसहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरूलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष रु। १०० नवीकरण शुल्क बुझाउनुपर्ने रहेको छ अन्यथा खाता फ्रिज हुने यावत समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिबाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको हो, जुन नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुनेछ ।

१ जनवरी, २०२३ बाट शुरु भएकोे यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बीमा पनि पाउने क्यापिटलले जनाएको छ ।

यो योजनाले सक्रिय रुपमा पूँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पु¥याउने छ । यो डिम्याट खाता देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।

यसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा इन एप भेरिफिकेशन छनोट गरी आफ्नो अनुकूलताअनुसार समय लिई तुरुन्तै अनलाइन डिम्याट खाता खोल्न सक्नेछन् ।

प्रभु क्यापिटलको ‘९९९ आजीवन डिम्याट खाता’ कोे विशेषताहरू

  • ९९९ मा आजीवन डिम्याटको सुविधा साथै १ लाख बराबरको दुर्घटना बीमा,
  • लगानी व्यवस्थापन सेवा (पिएमएस)मा पुराना भएका शेयर पोर्टफोलियोको निशुल्क पुनःसंरचना साथै वार्षिक शुल्कमा ५० प्रतिशत छुट
  • इन्स्ट्यान्ट डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै
  • अनलाईनबाट डिम्याट भर्दा भिडियो केवाईसी तथा एप्लिकेशनबाट भर्दा इन एप केवाईसी भेरिफिकेशनको सुविधा ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.