add

पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन आज, तत्काल उडान नहुने






ActPro Nepal

|

१७ पुष, २०७९

|
607

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज  उद्घाटन हुने भएको छ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।

पोखरा महानगरपालिकाले  विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ।  उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ। समारोहमा जनसहभागिता गराइने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। प्रचारप्रसारका लागि सहरका विभिन्न स्थानमा स्वागत गेट राखिएका छन्।

पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभूषासहितको र्‍यालीको आयोजना गरिने जनाएको छ। ​ त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए। 

अर्का परिकल्पनाकार इञ्जिनियर पदमबहादुर खत्री देश बाहिर रहेकाले उपस्थित गराउन नसकेको र उनीहरूलाई महानगरकोतर्फबाट नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए। 

अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले बताए। 

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो। सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ। 

विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो। जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरू भएको हो।  उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्ने देखिएको उनीहरुको भनाइ छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको अधिकारीहरू बताउँछन्।

झन्डै सात महिनाअघि सञ्चालनमा आएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म क्षमता अनुरूप सञ्चालनमा आउन सकेको छैन। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही चार्टर उडानबाहेक साताको तीन दिन जजिरा एअरले उडान गरिरहेको छ।

यस्तो अवस्थामा पोखरामा सञ्चालनमा आउन लागेको विमानस्थलको भविष्यलाई लिएर पनि कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्।

महानगरले दियो बिदा 

 विमानस्थल उद्घाटनको दिन  पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शनिबार सूचना जारी गर्दै उद्घाटन समारोहमा व्यापक सहभागिता रहोस् भन्ने उद्देश्यसाथ महानगर कार्यालय, महाशाखा, शाखा, वडा कार्यालय, विद्यालय एवं शैक्षिक संघसंस्था समेतमा लागू हुनेगरी स्थानीय बिदा दिइएको बताएका छन्। 

उनले महानगर र अन्तर्गतका कर्मचारी र शिक्षकलाई अनिवार्यरुपमा उद्घाटन समारोहमा उपस्थितिका लागि निर्देशन पनि दिएका छन्। उद्घाटनका अवसरमा आइतबार अमरसिंहचोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित र्‍याली निकालिने भएको छ। 

साथै कौडा नृत्य, घाटु नाच, याक नृत्य, बालबालिकाको नृत्यलगायत विभिन्न सांगीतिक कार्यक्रम पनि हुनेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.