add

समाजसेवीको रुपमा चर्चा कमाउँदै अक्कल तामाङ






ActPro Nepal

|

१० पुष, २०७९

|
829

नेपालमा लामो समय देखि विभिन्न व्यावसायिक तथा सामाजिक क्षेत्रमा संलग्न रहँदै आएका व्यक्ति हुन् अक्कल तामाङ । शिक्षाको पहुँचमा पुग्न नसकेका व्यक्तिहरुको लागि शिक्षामा पहुँच विस्तार गर्ने उद्धेश्यले  विभिन्न ठाऊँका विद्यालयहरुमा पुस्तकालयहरु स्थापना तथा सञ्चालन, सरसफाई अभियान, खेलकुद, युवा जागरण तथा सचेतना जागरण, युवाहरुलाई प्रोत्साहन तथा परामर्श, तालिम लगायतका विभिन्न गतिविधिहरुमा उनले महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएका छन् । पर्यटन तथा टेडिङको क्षेत्रमा समेत उनी संलग्न छन् । 

नेपाल कोरिया कल्चरल एक्सचेन्ज (नेकोस) का अध्यक्ष समेत रहेका उनले नेपालमा कोरियाली गैह्र सरकारी संस्थाको सहयोगमा नेपालका विकट क्षेत्रहरुको विकासमा लागि विभिन्न नयाँ अवधारणा सहित विभिन्न गतिविधिहरु निरन्तर अघी बढाइरहेका छन् ।

समाजसेवा भित्रै देखि पलाउनुपर्छ भन्ने मान्यता राख्ने तामाङ पछिल्लो समय विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न सम्मान तथा पुरष्कारहरुबाट सम्मानित समेत हुँदै आएका छन् ।

‘राष्ट्रिय सेवा सम्मान–२०७५’ बाट सम्मानित :

पछिल्लो समय तामाङले सामाजिक विकास र चेतना जागरणमा पु¥याएको योगदानको कदर गर्दै फोकस नेपाल नामक संस्थाले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको ‘नेपाल भ्रमण बर्ष २०२०: चुनौती र अवसर’ नामक अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रमको अवसरमा ‘राष्ट्रिय सेवा सम्मान–२०७५’ बाट समेत उनलाई अभिनन्दन गरिएको छ । उक्त सम्मान पूर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेलबाट प्रदान गरिएको हो । 

 नेपालमा आगामी दिनमा समेत युवा उद्यमशिलता  र उत्प्रेरणा सम्बन्धी गतिविधिहरुमा अझ सक्रिय उपस्थिति हुने आशाको साथ निरन्तर अघी बढ्न हौसला प्रदान गर्ने मान्यताले आफूहरुले नेपालमा सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको आयोजक पक्षले बताएको छ । 

खेलकुद क्षेत्र बारे तामाङको धारणा:

पछिल्लो समय नेपालीहरुमा खेलकुद प्रति चासो बढ्दै गएको तर खेलकुदको लागि प्रयाप्त भौतिक पूर्वाधार, श्रोतसाधन, राज्यको लगानी र स्पष्ट नीति नभएको बताउँदै अहिले पनि नेपालले गौरवशाली तवरले खेलकुदमा जुन प्रगति गरिरहेको छ, त्यो निकै खुसीको कुरा रहेको समेत तामाङले बताए ।

नेपालमा स्पोर्टस् र कल्चरल युनिभर्सिटीको आवश्यकता महसुस गर्छन् तामाङ:

तामाङ भन्छन्, ‘नेपाललाई अब खेलकुद र संस्कृतिको हबको रुपमा विकास गर्नु जरुरी छ ।’ यसको औचित्यता प्रष्ट्याउँदै उनले थपे, ‘खेलकुद आफैंमा व्यक्तिलाई अनुशासन कायम गर्नको निम्ति निकै महत्वपूर्ण क्षेत्र हो । विद्यालय तहका विद्यार्थीहरुलाई शिक्षाको साथसाथै अनिवार्य रुपमा खेलकुद क्षेत्रमा समेत जोड्न सकिएको खण्डमा यसबाट मुलुकको पहिचान र अर्थतन्त्रलाई माथि उठाउन निकै बलियो माध्यम बन्नेमा कुनै दुइमत छैन । यसै कुरालाई ख्याल गर्दै नेपालमा स्पोर्टस् युनिभर्सिटीको आवश्यकता टड्कारो रुपमा देखेको छु । जुन नेपाल सरकार मातहत नै अघी बढ्नुपर्छ । यसको लागि बाह्य तथा प्राविधिक सहयोगको लागि निजी क्षेत्र सहयोग गर्न तयार छ । यस सम्बन्धमा मैले लामो समय देखि बाह्य मुलुकमा भएका अभ्यासहरुको अध्ययन समेत गर्दै आएको छु ।’

‘भोलुन्टेयर फर चेन्ज’ मार्फत स्वयंसेवाको क्षेत्रमा समेत अग्रणी तामाङ:

नेपाललाई विकासको गतिमा अघी बढाउन स्वयंसेवा अभियान समेत चलाइरहेका छन् तामाङ । पछिल्लो समय नेपालीहरुमा सानोतिनो आफैंले तत्कालै समाधान गर्न सक्ने कुनै समस्यामा पनि सरकारको बाटो हेर्ने अवस्था सृजना भएको अवस्थामा परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने मान्यता सहित ‘भोलुन्टेयर फर चेन्ज’ नामक अभियान मार्फत अहिले देशका विभिन्न ७ ओटै प्रदेशबाट यस्ता गतिविधिहरु अघी बढाएका छन् तामाङ । 

पछिल्लो समय यो अभियान अन्तरगत सिंहदरबारको रेडियो नेपाल सँगैको पुरानो जीर्ण पोखरीलाई पहिलेकै स्वरुपमा पुनर्निमाणको लागि काम भइरहेको छ । हाल उक्त कार्यको लागि ३ सय स्वयंसेवीहरु परिचालन गरिएको छ । उक्त कार्य करिब २ महिनामा सफल हुने अपेक्षा लिइएको छ । यस्ता विभिन्न अभियानहरु सात ओटै प्रदेशबाट सञ्चालन गरिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.