add

व्यायाम नगरी तौल घटाउने ५ सुत्र






ActPro Nepal

|

९ पुष, २०७९

|
408

एजेन्सी । धेरै मानिसहरु आफूलाई फिट राख्ने तरिकाहरुको खोजी गरिरहेका हुन्छन् । सामाजिक सञ्जालदेखि धेरै मिडियाहरुमा पनि तौल घटाउने उपायहरु आइरहेका हुन्छन् ।

कतिपयले छिटो भन्दा छिटो शरीरको बोसो कम गर्ने तरिका बताइरहेका हुन्छन् । जसले शरीरलाई फाइदा होइन हानी गरिरहेको हुन्छ ।

तर हामी तपाईलाई यस्तो तरिका बताउनेछौं जो एकदमै वैज्ञानिक छ र यसमा कुनै ज्यादा शारिरीक मेहनत पनि गर्नुपर्दैन । यसमा समय लाग्नेछ तर यसले तपाईलाई कुनै दिर्घकालिन हानी पुर्‍याउने छैन ।

१. स्वस्थ र सन्तुलित भोजन

सबैभन्दा ठूलो कुरा हो तपाईको भोजन कति स्वस्थकर छ । शरीरलाई चाहिने मिनरल्स, भिटामिन, आइरन, प्रोटिन लगायत खानामा सामेल छ कि छैन त्यस विषयमा एकदमै ध्यान दिन जरुरी छ ।

तपाई आफ्नो बिहानदेखि साँझसम्मको खानामा हरियो तरकारी, साग, गेडागुडी, फलफुल अनिवार्य रुपमा सामेल गर्नुहोस् । यसलाई सही मात्रामा सेवन गर्नुहोस् ।

२. तेलको कम प्रयोग

खाना तथा नास्तामा तेलको प्रयोग एकदमै कम गर्नुहोस् । माछामासु अनिवार्य रुपमा उमालेर मात्र खाने गर्नुहोस् । तेल धेरै प्रयोग भएको खानाको क्यालोरी एकदमै धेरै हुन्छ जसले शरीरमा खराब बोसो जम्न मद्दत पुग्छ ।

कोलेस्ट्रोल फ्रि भन्दै बजारमा पाइने केमिकलयुक्त तेल भन्दा थोरै मात्रामा शुद्ध तोरी तेल नै फाइदाजनक हुन्छ ।

३. बिहानको नास्ता अनिवार्य

क्याब्रिज विश्वविद्यालयले गरेको एक अध्ययनका अनुसार बिहान गरिने नास्ताले आउँदो ३६ घण्टासम्म थोरै क्यालोरीयुक्त खाना खान मद्दत गर्छ र यसले शरीरको बोसो घटाउन तथा ज्यादा बोसो जम्मा हुन पनि दिँदैन ।

तपाई आफ्नो नास्तामा एउटा उसिनेको अण्डा सामेल गर्न सक्नुहुनेछ । अण्डा एक पौष्टिक आहार हो र यसले तौल घटाउन मद्दत गर्छ ।

४. प्रसस्त पानी पिउनुहोस्

पानी पिउँनाले शरीरको मेटाबोलिज्म बढाउँछ, शरीरको खराब तत्व सफा गर्छ र शरीरको क्यालोरी बर्न गर्ने काम गर्छ ।

एक अध्ययनका अनुसार खाना खानुभन्दा आधा घण्टा पहिला एक गिलास पानी पिउँदा खानामा कम क्यालोरी लिन मद्दत पुग्छ ।

जसले तपाईको तौललाई बढ्न नदिई एकनासको बनाइराख्ने गर्दछ ।

५. चिनी कम खानुहोस्

अध्ययनहरुले बताइरहेका छन् कि चिनीको धेरै सेवन गर्नु शरीरमा धेरै रोगहरु ल्याउनु हो । यसले मोटोपना, दुई खालको मधुमेह, मुटुसम्बन्धी समस्या लगायतका समस्याहरु बढाउँदै लग्दछ ।

यदी तपाई आफ्नो शरीरिक तन्दुरुस्तीमा एकदमै गम्भीर हुनुहुन्छ भने चिनीयुक्त खानेकुराहरु खान एकदमै कम गर्नुहोस् ।

तर अहिले धेरै मानिसहरु चिनी प्रयोग भएको खानेकुरामा एकदमै आकर्षित भएको पाइन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.