add

जाडोमा खानुहोस् सखरखण्ड, यस्ता छन् यसका अनेकौँ फाइदाहरू






ActPro Nepal

|

६ पुष, २०७९

|
466

काठमाडौं । हिँउद लागेसँगै सबैतिर जाडो मौसम शुरु भइसकेको छ भने उच्च लेकाली क्षेत्रमा त जनजीवन प्रभावित नै बनेको छ ।

जाडोमा विभिन्न खालको रोगले सताउँछ । यो मौसममा विशेषगरी बुढाबुढी, बच्चा, रोगी, गर्भवती महिलालाई बढी स्याहार गर्नुपर्ने हुन्छ ।  यस्तोमा कस्ता कस्ता खानेकुराहरु उपयुक्त हुन्छन् भन्ने सबैलाई जानकारी नहुन पनि सक्छ । केही खानेकुराहरु छन् जो सिजनअनुसार खाँदा नै शरीरलाई बढी फाइदा दिन्छन् ।  

यस्तैमध्ये शखरखण्ड एक हो । सही तरिकाले यसको सेवन गर्दा कैयौं फाइदाहरु छन् । यसमा रहेको पोषकतत्वले खाना पचाउनेदेखि छालाको स्वास्थ्यका लागि लाभदायक मानिन्छ । शखरखण्डको सेवनले मेटाबोलिज्म बुस्ट हुन्छ र इम्युनिष्टी पनि मजबुद बन्दछ । 

शखरखण्डमा भिटामिन डीको मात्रा ज्यादा पाइन्छ । जाडोमा भिटामिन डीले भरपुर शखरखण्ड खानाले तपाईंको प्रतिरक्षा प्रणाली बलियो बन्नेछ ।

 जरावाला फलफूललाई अधिकतर गर्मी पैदा गर्ने गुणका लागि जानिन्छ । यस्तोमा शखरखण्ड नै बढी उपयुक्त मानिन्छ ।छालाका लागि पनि शखरखण्डलाई लाभदायक मानिन्छ । यसमा क्यारोटेनोइड्सको मात्र उच्च हुन्छ । जो एक एन्टीअक्सिडेन्ट पनि हो । 

यस्तै जाडोमा यसको सेवनले शरीरमा भरपुर शक्ति मिल्नेछ । शखरखण्डमा भिटामिन बी–६ पनि पाइन्छ । यसले मेटाबोलिज्म र नर्भस स्टिमलाई सन्तुलनमा राख्छ । साथै यसमा फाइबर पनि पाइन्छ । पाचनशक्तिका लागि फाइबरलाई राम्रो मानिन्छ । 

चिकित्सकका अनुसार भरपुर फाइबरको मात्राले रगतमा कोलेस्ट्रोल कम गराउँछ । यदि उच्च रक्तचापको लेभल सन्तुलनमा राख्ने हो भने शखरखण्डको सेवन उपयुक्त हुन्छ । यसमा पोटासियमको मात्रा पनि पाइन्छ ।

जसले उच्च रक्तचापलाई सन्तुलनमा राख्ने काम गर्दछ । दिमागको स्वास्थ्यका लागि पनि शखरखण्डलाई उपयुक्त मानिन्छ । यसका रहेको कोलीनले मस्तिष्कको विकासमा महत्वपूर्ण फाइदा दिन्छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.