प्रदीप पौडेलले छाडे देउवा र सिटौलाको साथ, संसदीय दलको निर्वाचनमा गगनलाई सघाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा युवा नेता प्रदीप पौडेलले महामन्त्री गगन थापालाई  समर्थन गर्ने भएका छन् ।

पौडेल काठमाडौंस्थित बसेरा होटेलमा पुगेर थापालाई समर्थन जनाउँदै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका  हुन् । 

दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा उठ्ने भएपछि नेताहरु बाँडिन थालेका  छन् । 

कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।  सिटौला र संस्थापन समूहबाट चौधौँ महाधिवशेनमा महामन्त्री पदमा पराजित भएका थिए।  

प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न आग्रह गर्दै आएका थिए । तर उनी मौन रहँदै थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।