काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २७.५७ अंकले घटेर १८५५.६ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५० कम्पनीको १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै २८८ प्रतिशतले घटेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बिहीवार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
दोहोरो अंकले घटेको बजारमा इष्टर्न हाइड्रोपावर कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । यसको आज ६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।
रिडी पावरको ५ करोड ४३ लाखको कारोबार भएको छ । नबिल बैंकको ५ करोड ४१ लाखको कारोबार भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।