add

अन्तर्घातकाे आरोपमा तीन केन्द्रीय सदस्यमाथि कारबाहीकाे सिफारिस






ActPro Nepal

|

३ पुष, २०७९

|
413

काभ्रेपलाञ्चाेक । नेपाली कांग्रेस काभ्रेले गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको ठहर गरी दुई केन्द्रीय सदस्य र प्रतिनिधिसभा क्षेत्र नं २ का  क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।

पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा कांग्रेसका तर्फबाट काभ्रे क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला  सभापति तीर्थ लामालाई असहयोग गरेको र पार्टीका उम्मेदवारलाई भोट नमागी विपक्षका उम्मेदवारलाई भोट मागेकाले उनीहरूलाई कारबाही सिफारिस गरिएको लामाले बताए ।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले निर्वाचन अभियानमा सहभागी नजनाई पार्टीप्रति गैरजिम्मेवार बन्दै आफू निकटका वडा सभापति र वडाध्यक्षको बैठक नै बोलाएर नेकपा(एमाले)का उम्मेदवारलाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँड्दै कार्यकर्तालाई सके सूर्यमा नसके घण्टीमा मतदान गर्न आह्वान गरेको भन्दै वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति र क्षेत्रीय  समितिमार्फत जिल्ला अनुशासन समितिमा उजुरी परेको छ ।

केन्द्रीय सदस्य गणेश लामा निर्वाचन अभियानमा अनुपस्थित भई आफू निकटका साथीहरूलाई सार्वजनिकरूपमा नै सूर्यमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको तथा यसपटक सूर्यमा मतदान गर्नु अर्कोपटक आफूलाई सहयोग प्राप्त हुने भन्दै पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भनि उजुरी परेको छ  ।

प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिकोे जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको क्षेत्रीय सभापतिको तर्फबाट वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको आफू निकटका नेता–कार्यकर्तालाईसमेत बोलाई एमालेका उम्मेदवारलाई भोट हाल्न दबाब दिई पैसासमेत बाँडेको भनी उजुरी परेको छ ।

बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्यका उम्मेदवारभन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई तीन हजारभन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगरपालिका समितिलाई काभ्रे कांगे्रसले निर्देशन दिने निर्णयसमेत गरेको लामाले जनाए छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.