add

पत्थरीबाट मृर्गौला बचाउन प्रयोग गर्नुस् यस्ता छन् सजिलो घरेलु उपाय






ActPro Nepal

|

१ पुष, २०७९

|
456

काठमाडाैं । मृगौला पत्थरीको समस्याले पछिल्लो समय धेरै मानिसहरुलाई सताउन थालेको छ । अस्वस्थ खानपान तथा दिनचर्याका कारण आजकाल लाखौं मानिसहरु पिडीत छन् । कतिपयमा मृर्गौलाको समस्या वंशानुगत रुपमा पनि देखिन्छ ।

पत्थरीलाई आजकाल अपरेशन वा विभिन्न औषधीको प्रयोग गरेर सजिलै निकाल्न पनि सकिन्छ । तर केही घरेलु उपायबाट पनि पत्थरीबाट बच्न सकिन्छ । कसरी हुन्छ पत्थरी ? जब नुन र अन्य खनिज पदार्थ एकआपसमा सम्पर्कमा आउछन् ।

त्यसपछि पत्थरी बन्न सुरु हुन्छ । मिर्गौलाको पत्थरीको आकार अलग– अलग हुन सक्छ । केही साना हुन्छन् भने केही ठूला । विशेषतः सानो खालको पत्थरीलाई पिसाबमार्फत् पनि निकाल्न सकिन्छ । साना किसिमका पत्थरीलाई निकाल्नको लागि यस्ता घरेलु उपायहरु अपनाउन सकिन्छः

१. अङ्गुर 

अंगुर पत्थरीको समस्याबाट बच्न निकै महत्वपूर्ण मानिन्छ । यसमा पोटासियम र पानी भरपूर मात्रामा हुने हुनाले पनि यसले मूत्रबद्र्धकको काम गर्छ । अंगुरमा एल्बुमिन र सोडियम क्लोराइड निकै कम मात्रामा हुन्छ, जसले गर्दा यसलाई मृर्गौलाको पत्थरीमा राम्रो मानिन्छ । 

२. तिते करेला 

तितो हुने भएकाले तिते करेलालाई कमैले मानिसले मात्र मन पराउँछन् तर मृर्गौलाको पत्थरीका बिरामीका लागि यो रामवाण सिद्ध हुन्छ भनिन्छ । करेलामा पाइने म्याग्नेसियम र फस्फोरसले पत्थरी बन्नबाट रोक्छ । यसैले मिर्गौलाको पत्थरी भएकाहरुले यसलाई उपयोग गनुृपर्छ । 

३. केरा 

नियमित रुपमा केरा खानाले मृर्गौलाको पत्थरीबाट छुट्कारा पाउन सकिन्छ । यसमा भिटामिन बी ६ हुन्छ । यो तत्वले अक्जेलेट क्रिस्टल बन्नबाट रोक्छ र स–साना ढुंगालाई टुक्रा पार्छ । एक अनुसन्धानअनुसार भिटामिन बीको १ सय देखि १ सय ५० मिलिग्राम दैनिक रुपमा सेवन गर्नाले मृर्गौलाको पत्थरीमा फाइदाजनक हुन्छ । 

४. बेथेको साग

बेथेको साग मृर्गौलाको स्टोन निकाल्नका लागि उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउनुपर्छ यसो गर्नाले मृर्गौलाको स्टोनमा फाइदा हुन्छ ।

५. निम्बु

निम्बुको रस जैतुनको तेलका साथ निम्बुको रस मिसाएर सेवन गर्नाले मृर्गौलाको स्टोनमा फाइदा पुग्छ । दुख्यो भने ६० मिलि निम्बुको रसमा उत्तिनै मात्रामा अर्गानिक जैतुनकोतेल मिसाएर सेवन गर्नाले पेट दुखेकोमा आराम हुन्छ । निम्बुको रस र जैतुनको तेल दुवै सबै खालको स्वास्थ्यका लागि राम्रो मानिन्छ र सजिलै उपलब्ध हुन्छ । अनार अनारको रसले पनि मृलाको पत्थरी हुन दिँदैंन । खासगरी यसका बियाँ र रसमा भएको टर्रोपनका कारण मृर्गौलाको स्टोनमा प्राकृतिक औषधिको काम गर्छ । यस्ता उपायले पत्थरीबाट छुट्कारा पाउन सकिन्छ । यिनीहरु किफायती र असरदार पनि हुन्छ । 

७. ज्वानो 

ज्वानो पनि पिसाब बढाउने पदार्थ र मृर्गौलाका लागि टनिकको रुपमा काम गर्छ । मृर्गौलामा स्टोन बन्न नदिनका लागि ज्वानोलाई मसलाको रुपमा या चियामा नियमित रुपमा सेवन गर्न सकिन्छ । 

८. तुलसी 

तुलसी कयौं बिरामीका लागि लाभदायक मानिन्छ । तुलसीका चियाले मृर्गौलाको स्टोनबाट छुटकारा पाउन सहयोग मिल्छ । तुलसी चिया पिउनाले पत्थरी पिसाबबाट निस्कन्छ । कमसेकम एक महिना नियमित रुपमा तुलसीको पातको रस महका साथ लिनाले स्टोनको समस्या हट्न मद्दत गर्छ । तुलसीको पात बिहानै चपाउन पनि सकिन्छ । 

९. प्याज 

प्याजमा स्टोननाशक तत्व हुन्छ । करिब ७० ग्राम प्याज पिसेर त्यसको रस पिउनुपर्छ । बिहान खाली पेटमा नियमित रुपमा प्याजको रस पिउनाले पत्थरीका छोटा छोटा टुक्रा भएर पिसाबाट निस्कन्छन् । माथिका घरेलु विधिको प्रयोगले मृर्गौलमा हुने पत्थरीको समस्या समाधान गर्न सकिने यद्यपी यसबाट पनि समाधान हुन सकने चिकित्सकलाई सम्पर्क गर्नुपर्दछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.