add

हिटिङ पौडी पोखरी शुक्रबारदेखि खुल्ने






ActPro Nepal

|

२८ मंसिर, २०७९

|
385

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शुक्रबारदेखि खुल्ने भएको छ।

सर्वसाधारणका लागि प्रतिसिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ। प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ। प्रशिक्षणको सुविधासहित १ महिनाको १२ हजार तथा ३ महिनाको ३० हजार सदस्यता शुल्क निर्धारण गरिएको छ।

पौडी पोखरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको पौडी पोखरी प्रमुख देवराज कट्वालले जनाएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.