add

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने






ActPro Nepal

|

२८ मंसिर, २०७९

|
473

काठमाडौं ।  निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउसो  साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।  

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको छ। यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन्।

आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ। राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ।

प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरुले आफू मध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.