add

जाडोमा अनेक रोगबाट छुटकारा पाउन दुध पिउनुहोस्, यस्तो छ पिउने तरिका






ActPro Nepal

|

२८ मंसिर, २०७९

|
482

काठमाडौं ।  जाडोमा रुँघा, खोकी, जोर्नी दुख्ने, उच्च रक्तचाप जस्ता समस्याले सताउन सक्छ । यस्तो अवस्थामा के गर्ने ? सजिलो उपाय हो, सख्खर र दुधको सेवन । दुध, जो हाम्रो भान्सामा नियमित हुन्छ । सख्खर पनि सहजै उपलब्ध हुन्छ । 

तातो दुधमा सख्खर घोलेर सेवन गर्नुपर्छ, जाडोको समस्याबाट मुक्ती मिल्छ । सख्खर खासमा आइरनको स्रोत हो । चिनीको ठाउँमा समेत कतिले यसको सेवन गर्छन् । चिनी जस्तो हानिकारक हुँदैन यो । बरु, स्वास्थ्यबर्द्धक मानिन्छ । 

सख्खरको नियमित सेवनले एनीमिया, दम, जन्डिस, कानको दुखाई शारीरिक थकान, जाडोको दुखाई आदि रोगबाट मुक्ति मिल्छ । खासमा सख्खरले शरीरमा तापमान बढाउँछ । यसले बाह्य चिसोसँग लड्ने क्षमता बढ्छ । 

दुधमा अधिक मात्रामा भिटामिन ए, भिटामिन बि र डि पाइन्छ । साथै यो क्याल्शियम, प्रोटिन र ल्याक्टिक एसिडको स्रोत हो । सख्खरमा ग्लूकोज, खनिज तरल पाइन्छ । 

साथै यसमा पनि क्याल्सियम, फस्फोरस, आइरन आदि हुन्छ । दुध र सख्खर मिलाएर सेवन गर्दा जाडोमा निकै फाइदा गर्छ । प्रतिरक्षा प्रणाली बलियो दुध र सख्खरको मिश्रण सेवन गर्दा पाचन क्रियासँग सम्बन्धित समस्या हट्छ । 

साथै, यसको सेवनले पेटमा ग्यास बन्दैन । साथसाथै जाडोमा प्रतिरक्षा प्रणाली पनि बलियो बनाउँछ । यसले गर्दा चिसो लाग्ने वा रुँघा, खोकी लाग्ने हुँदैन । 

पाचनतन्त्र सुधार धेरै गरिष्ठ भोजन (चिल्लो चाप्लो, मसलेदार, मासुजन्य, दुधजन्य) परिकारको सेवनले अपचको समस्या हुन्छ । पेट सफा हुँदैन । कब्जियत हुन्छ । यस्तो अवस्थामा तातो दुधमा सख्खर मिसाएर पिउनुपर्छ ।

यसको सेवनले हाम्रो पाचन यन्त्रमा सुधार आउँछ । पेटमा ग्यास पनि बन्दैन । गर्भावस्थामा एनीमिया हुँदैन गर्भावस्थामा थकावट वा कमजोरी हटाउनका लागि सख्खरको सेवन उपयोगी हुन्छ । 

यदि गर्भवतीले नियमित रूपमा सख्खर सेवन गर्ने हो भने, उसलाई एनीमियाको खतरा हुँदैन । सख्खर आइरनको स्रोत हो, जसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन सहयोग गर्छ । 

एनिमियाको रोगीले यसको सेवन आवश्यै गर्नुपर्छ । गर्भावस्थामा महिलालाई आइरनको कमी हुनेगर्छ । यसको परिपूर्तिका लागि दुधमा सख्खर मिलाएर सेवन गर्नुपर्छ । तौल नियन्त्रण सख्खरमा प्राकृतिक मिठास हुन्छ । 

यसमा चिनीको कुनै पनि हानिकारक गुण हुँदैन । यदि दुधसँग सख्खर सेवन गरियो भने तौल नियन्त्रणमा समेत सहयोग गर्छ । छालाको चमक चिसो मौसममा छाला रुखो र सुख्खा हुन्छ । यस्तो अवस्थामा सख्खर निकै उपयोगी हुन्छ । यसले खराब टक्सिन हटाउँछ ।

दुधमा मिसाएर सेवन गर्दा अनुहारमा चमक पनि ल्याउँछ । मासिक धर्मको पीडामा कतिलाई मासिक स्राव अनियमितताको समस्या हुन्छ । यस्तो अवस्थामा नियमित सख्खर सेवन गर्नुपर्छ, समस्या हट्छ । 

मासिक स्रावको बेला हुने पीडा कम गर्न पनि यसले सघाउँछ । हड्डी बलियो दुध र सख्खर दुबै क्याल्सियम एवं पोटाशियमको स्रोत हुन् । दुबै शरीरका लागि आवश्यक छ । यसको सेवनले हड्डीको समस्या जस्तो कि स्टियोपोरोसिस जस्ता समस्या कम गर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.