add

एसियन हाइड्रोपावरको आइपीओ बिक्री खुलाऽकति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

२७ मंसिर, २०७९

|
511

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ४० लाख रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ र सूर्योदय नगरपालिका वडा नं. ११ का स्थानीका लागि १ लाख ३६ हजार कित्ता छुट्याइएको छ । बाँकी २ लाख ४ हजार कित्ताका लागि अति प्रभावित क्षेत्रबाहेकका इलाम जिल्लाका अन्य क्षेत्रका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि ८४ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीले छिटोमा पुस १२ गते हुनेछ भने ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन पाउने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

स्थानीय बासिन्दाले एनएमबी बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखाका साथै नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।कम्पनीको आइपीओलाई रेटिङमा एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले इलाम जिल्लामा ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजना सम्पन्न गरी २०७८ कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। सो आयोजनाको कुल लागत १ अर्ब ३९ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २९ करोड १५ लाख ३७ हजार ९७ रुपैयाँ रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.