काठमाडौं । सरकार बनाउनको लागि दलहरुले बहुमतका लागि समिकरणको कसरत गरिरहेको बेला नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर लामो छलफल गरेका छन्।
नेता केसीले ओली निवास बालकोटमा पुगेर दुई घण्टा लामो छलफल गरेका हुन।
आइतबार साँझ भएको दुई नेताबीचको भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रम तथा जनजिविकाका सवालमा छलफल भएको बताइएको छ ।
सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबीच एकता, सहकार्यबारे छलफल भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।