add

दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

२५ मंसिर, २०७९

|
403

काठमाडौं। शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५३ कम्पनीको १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । बैक समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ ।

घट्दो बजारमा सीवाइसी नेपाल र समिट लघुवित्तको शेयर मूल्यमा पोजेटिक सर्किट लागेको छ । शिवम् सिमेन्टको शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ६७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, नविल बैंकको ४ करोड ५२ हिमालयन डिस्ट्रीलरी साढे ३ करोड बढीको कारोबार भएको छ ।

घट्दो बजारमा आज नाडेप लघुवित्तको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

लगातार नेप्से परिसूचक लगातार घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.